सिरहा । सारस्वरनाथ प्रदेश स्तरीय गोल्डकप फुटबल प्रतियोगिताको उपाधी हिम कस्तुरी युवा कल्बले कब्जा गरेको छ ।
सिरहाको सारस्वरमा भएको फाइनल खेलमा एभरेष्ट फुटबल एकेडेमी सर्लाहीलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै हिम कस्तुरी युवा क्लब लहान सिरहाले उपाधी कब्जा गरेको हो । खेलको प्लेयर अफ द म्याच हिम कस्तुरी युवा क्लब लहान सुशील यादव घोषित भएका छन् । यस्तै प्लेयर अफ द टुर्नामेन्ट हिम कस्तुरी युवा क्लब लहानका फागुराम थारु, वेस्ट गोलकिपर हिम कस्तुरी युवा क्लबका रेम्बो चौधरी र सर्वाधिक गोलकर्ता एभरेष्ट फुटबल एकेडेमी सर्लाहीका विजय भुजेल घोषित भएका छन् ।
विजेता र उपविजेता टोलीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको छ । सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले विजेता टोलीलाई ट्रफी सहित मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।