सिरहा । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा सलहेश युवा कल्व (रातो) प्रवेश गरेको छ ।
सदरमुकाम सिरहा स्थित सूर्यनारायण सत्य नारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा भएको दोस्रो समिफाईनल खेलमा घरेलु टोली सलहेश युवा कल्व (रातो)ले नवजागृति युवा कल्व सिमरालाई २ गोलका विरुद्ध ६ गोलले पराजित गर्दै फाईनल प्रवेश गरेको छ ।

खेलमा सुरुवाती गोल विदेशी खेलाडी फोडे फोफोनोले १०औं मिनेटमा गरेका थिए । सलहेशले एक गोलले अग्रता कायम राख्दा त्यसलाई सिमराका खेलाडी कृपा चौधरीले ३१औं मिनेटमा गोल गर्दै बराबरीमा पुर्याएका थिए । मध्यान्तरसम्म १–१ गोलको बराबरी रह्यो । मध्यान्तरपछि सलहेश युवा कल्व खेलमा हावी भयो । सलहेश युवा कल्वका खेलाडी सोङले ५०औं र ६३ औं मिनेटमा गोल गर्दै अग्रता ३–१ को पुर्यायो । त्यसपछि आदित्य शाक्यले सलहेश युवा कल्वको निम्ति खेलको ६८औं र ७८औं मिनेटमा गोल गर्दै अग्रता ५–१ को अवस्थामा पुर्यायो । त्यसपछि खेलको ८२औं मिनेटमा सिमराका सौरभ तमाङले गोल गर्दै अग्रता २–५ गोलमा राख्दै गर्दा अतिरिक्त समयमा सलहेशका फोडे फोफोनाले गोल गर्दा समग्रमा ६–२ को जित सलहेश युवा कल्वले हासिल गर्यो ।


जितसँगै सलहेश युवा कल्व फाईनल प्रवेश गरेको छ ।
गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजीप यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय