सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा जारी सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २०८० अन्तर्गतको आइतवारको सेमिफाइनल खेलमा रारा फुटबल कल्ब राजारानी धनकुटा विजयी भएको छ । सातौं दिनको खेलमा रारा फुटबल कल्ब राजारानी धनकुटा सहिद हेमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पको खेल मैदानमा पहिलो सेमिफाइनल खेलमा बागमती युवा कल्वलाइ ० का विरुद्ध १ गोलले हराउदै फाइनल यात्रा तय गरेको छ ।
रारा फुटबल कल्बका तर्फवाट एकमात्र निर्णायक गोल खेलको १८औं मिनेटमा विमल घर्ती मगरले गरेका थिए । रारा फुटबल कल्बका गोलकिपर राजु नगरकोटीलाई प्लेयर अफ दि म्याचको अवार्ड प्रदान गरिएको छ ।

जारी प्रतियोगिता फाल्गुण २१ गते देखि सुरु भई ९ दिनसम्म अर्थात फाल्गुण ३० गतेसम्म चल्नेछ । जसमा नेपाल भारतका १० वटा टिमले भाग लिएका छन् । यी टिमहरु आयोजकसहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रहेको छ ।
गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजीप यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय