सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा जारी सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २०८० अन्तर्गतको विहीवारको खेलमा नेपालको हेटौडा फुटबल एकेडेमी, मकवानपुर विजयी भएको छ । चौथो दिनको खेलमा भारतको माँ कामाख्या स्पोर्ट्स क्लब, बनारसलाई २–१ गोलको अन्तरले पराजित नेपालको हेटौडा फुटबल एकेडेमी विजयी भएको हो ।


हेटौडा फुटबल एकेडेमीको निरज ठाकुरले र दिवस श्रेष्ठले एक एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोश्रो हाफमा हेटौडा फुटबल एकेडेमीले माँ कामाख्या स्पोर्ट्स क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । खेलमा हेटौडा फुटबल एकेडेमीका जर्सी नम्बर २० का निरज ठाकुरले ४७औं मनेट एक गोल गरेका थिए । त्यपछि ६४औं मिनेटमा हेटौडा फुटबल एकेडेमीका जर्सी नम्बर १० का दिवस श्रेष्ठले दोश्रो गोल गरेका थिए । जसको विरुद्ध माँ कामाख्या स्पोर्ट्स क्लबका जर्सी नम्बर १६ का नओबीले ८९औं मनेट एक गोल गरे । अन्ततः भारतका ती टिमको आशा त्यतिमै टुंगियो । खेलको म्यान अफ दी म्याच हेटौडा फुटबल एकेडेमी, मकवानपुर(नेपाल)का दिवस श्रेष्ठ घोषित भए । उनले तीनजार नगदसहित ट्रफि प्राप्त गरे ।

यस्तै खेलको पाँचौं दिन दुधौली स्पोर्ट्स क्लब सिन्धुली र रारा फुटबल क्लब राजारानी, धनकुटा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । जारी खेल फाल्गुण २१ गतेदेखि सुरु भई ९ दिनसम्म अर्थात फाल्गुण ३० गतेसम्म चल्नेछ । जसमा नेपाल भारतका १० वटा टिमले भाग लिएका छन् । यी टिमहरु आयोजकसहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रहेको छ ।
गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष राजीप यादवले बताएका छन् । प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ ।



