सिरहा । सिरहा नगरपालिकाको आर्थिक सहयोगमा जारी सहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा २०८० अन्तर्गतको बुधवारको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुली विजयी भएको छ । तेश्रो दिनको खेलमा सलहेश युवा क्लव सिरहा (निलो)लाई झण्डै आधा दर्जन गोलको अन्तरले पराजित दुधौली स्पोर्टस क्लव विजयी भएको हो ।

सिन्धुलीले आयोजक टिम सलहेश युवा क्लव(निलो)लाई ५–१ गोलको अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा दुधौली युवा क्लवका विष्णु दनुवारले पाँच मनेट नबित्दै एक गोल गरेका थिए । त्यपछि १० मिनेट नबित्दै दुधौली युवा क्लवका समिर राईले दोश्रो गोल गरेका थिए । राईले त्यसपछि लगातार दुई गोल गर्दै सलहेश युवा क्लवलाई शुन्य विरुद्ध पहिलो हाफमै तीन गोलले पछारेका थिए ।

दोश्रो हाफ पनि दुधौली युवा क्लवका खेलाडी जर्सी नम्बर १० का समिरले नै पुनः सलहेश विरुद्ध दुई गोल जोड्दै सहज रुपमा जम्मा जम्मी पाँच गोल गरे । जसको विरुद्ध सलहेश युवा क्लव(निलो)का जर्सी नम्बर १० का राजा मेस्तरले अन्तिममा सानदारअपत्यारिलो एक गोल गरे । अन्ततः आयोजक ती टिमको आशा त्यतिमै टुंगियो । तर पनि घरेलु मैदानमा खेलेका सिरहालाई दर्शनको साथ नै मिल्यो । किनकी करिब करिब डेढ महिना अघि सम्पन्न नगरस्तरीय फुटबल प्रतियोगिताबाट २२ वटै वडाबाट छनौट भएका ती खेलाडीहरुसहितको यो नगरस्तरीय टिम फ्रेसर हुन् । जसकारण स्थानीयहरुको हुटहुटीले भारी अन्तरले पराजित भएपनि खेलाडीहरुको समर्थनमा हुटहुटी गर्दै अनुहार मलिन हुन दिएन ।

सलहेश युवा क्लव सिरहा (निलो)

सिरहाको तर्फबाट दुधौली युवा क्लवबिरुद्ध एक गोल गरेको राजा मेस्तरलाई उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साहले खेल अघि घोषणा गरे अनुसार एक गोल वापत
एक हजार पुरस्कार प्रदान गरे ।
जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक सिरहाबाट दुई वटा टिमले भाग लिएका छन् । सलहेश युवा क्लव(निलो) र सलहेश युवा क्लव (रातो) रहेका छन् ।
खेलको सुरुमा केहीबेर सिरहा(निलो) ले उत्कृष्ट राम्रै खेलेका थिए । तरपनि नयाँ भएको यो टिमको प्रदर्शन संतोषजनक नै भएको दर्शकहरुको भनाई छ । प्रतिष्पर्धी टिमबाट ए डिभिजन लिग खेलेका खेलाडीहरुको अगाडी सिरहा(निलो) नयाँ टिमको हिसाबले उत्कृष्ट प्रदर्शन नै गरेको सलहेश युवा क्लवका अध्यक्ष राजीप यादवले दाबी गरेका छन् । अगामी दिनमा यो हारले यी टिमलाई मजबुत बनाउने उनको कथन छ ।

दुधौली स्पोर्ट्स क्लब सिन्धुली

बुधवारको खेलमा विजयी भएका टिम दुधौली युवा क्लवका खेलाडी समिर राई म्यान अफ द म्याचधोषित भए । उनलाई तीन हजारसहित ट्रफी स्काउट मधेश प्रदेशका आयुक्त दिनेश यादव, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरनाथ साह, सिरहा नगरपालिका वडा नम्बर ७ का वडासदस्य धर्मेन्द्र मिश्रसहितका आयोजकले प्रदान गरे ।
यस्तै खेलको चौथो दिन कामाख्या स्पोर्ट्स क्लब बनारस, भारतल र हेटौडा फुटबल एकेडेमी मकवानपुरबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

जारी खेल फाल्गुण २१ गतेदेखि सुरु भई ९ दिनसम्म अर्थात फाल्गुण ३० गतेसम्म चल्नेछ । जसमा नेपाल भारतका १० वटा टिमले भाग लिएका छन् । यी टिमहरु आयोजकसहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रहेको छ ।
गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष यादवले बताएका छन् ।
प्रतियोगिता सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय