सिरहा । सिरहा नगरपालिकाको सहयोगमा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन अन्तिम सातावाट सुरु हुने भएको छ ।

सलहेश युवा कल्वले अगामी फाल्गुण २१ देखि ९ दिनसम्म चल्ने गरी नेपाल भारतका १० वटा फुटबल टिमको सहभागिता रहने सहिद हेमनारायण गोल्डकप आयोजनाको तयारीमा जुटेका सलहेश युवा कल्वले पत्रकार सम्मेलनमार्फत जनाएको छ । सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले अगामी फाल्गुण २१ देखि ३० गतेसम्म आयोजना हुने गोल्डकपको विजेतलाई नगद २ लाख ७१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताएका छन् । यस्तै उपविजेता टोलीलाई नगद १ लाख ३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् ।

खेलसंग युवालाई जोड्ने अभियान जारी : मेयर डा नविन
पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक सहयोग गरेको सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले युवाहरुलाई खेलप्रति आकर्षित गर्न र भविष्यमा चर्चित खेलाडी उत्पादन गर्ने उदेश्यमूलक अभियान जारी रहेको बताएका छन् । सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै सदरमुकाम सिरहा र यसक्षेत्रमा खेलकुद गतिविधि बढाउने प्रयास भैरहेको मेयर डा यादवले बताएका छन् । लागुऔषधको दुरव्र्यसनमुक्त भएर खेलकुदमा भविष्य सुनिश्चित गर्न सकिनेतर्फ युवालाई आकर्षित गर्ने आफ्नो लक्ष्य भएको भन्दै मेयर डा यादवले यस पटक प्रतियोगितामा सिरहा नगरपालिकाको २२ वटै वडाबाट छनौट भएका खेलाडीहरुको एउट टोली सहभागी गराउन लागेको र यसले युवाहरूलाई खेलकुदसंग जोड्ने बताएका छन् । यस खेलमा सहभागि हुँदा पूर्ण रुपमा अनुशासन कायम राख्नुपर्ने र अनुशासन विपरीतका कार्य गर्नेलाई तत्काल खेलबाट बाहिर गर्ने मेयर डा यादवले बताएका छन् ।

तयारी अन्तिम चरणमा
सदरमुकाम सिरहाको सूर्यनारायण सत्यनारायण मोर्बैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजना हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको भन्दै सलहेश युवा कल्वका अध्यक्ष यादवले आयोजक सहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रह्ने बताएका छन् । प्रतियोगितालाई भव्य बनाउने गरि सम्पूर्ण तयारी पूरा भएको भन्दै अध्यक्ष यादवले खेल मैदान, उद्घाटन र समापन, खेलाडीको सुरक्षा र व्यवस्थापन, दर्शकको सुरक्षा जस्ता विषयमा विषेश ध्याई दिईएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!