
सिरहा । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको चौथौं साधारणसभा सम्पन्न भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका स्थित उतराहिणी नदिमा एक कार्यक्रमको बिच साधारण सभा सम्पन्न भएको हो । उतराहिणीमा आयोजित चौंथो साधारण सभामा पर्यटन व्यवसायीलाई प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम राखेको थियो । होटल महासंघ मधेश प्रदेशका अध्यक्ष युवराज लामाले मधेश प्रदेशमा रहेका सम्भावित पर्यटकीय स्थलहरुको वारेमा जानकारी गराएका थिए ।

साधारण सभामा होटल तथा पर्यटन व्यवसायी महासंघ सिरहा तथा चुरे फाउण्डेशनको व्यवस्थापन आयोजिना गरिएको थियो । नेपाल होटल व्यवसायी महासंघ मिर्चैयाका अध्यक्ष ज्ञान साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह, बिशेष अतिथि होटल महासंघ मधेश प्रदेशका अध्यक्ष युवराज लामा, चुरे फाउण्डेशनका अध्यक्ष विष्णु साह लगायत सहभागी रहेका थिए ।