काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई जवाफ दिने समयका लागि बैठक स्थगित गरिएको सभामुख पूर्ण बहादुर घर्तीले जानकारी गराए । बैठक २ बजेर ४५ मिनेटमा पुनः शुरु हुने उनले बताए ।
विपक्षी गठबन्धनका कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । त्यसमाथि छलफल गर्न आज विशेष अधिवेशनको बैठक बसेको हो ।
बैठक शुरु हुनुभन्दा केही मिनेट अगाडि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । तर, उनको राजीनामाको पत्र प्रदेशसभामा नआएको भन्दै बैठक शुरु गरिएको छ । सो बैठकमा सत्ता पक्षका सांसदहरु उपस्थित छैनन् ।