सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारकाे मुख्य सडक नबन्दा स्थानीय र व्यापारीहरु आन्दोलन गरेका छन् भने वडा नं ५ काे वडा कार्यालय अगाडि टेन्ट लगाएर धर्ना समेत दिएका छन् ।
बिगत छाै वर्ष देखि परासी बजारकाे मुख्य सडक नबन्दा सास्ती खेप्नुपरेको स्थानीय र व्यापारीहरूकाे भनाइ रहेकाे छ भने स्वास प्रस्वासमा पनि समस्या भईरहेकाे उनिहरुकाे दाबी रहेकाे छ । पटकपटक यश विषयमा आन्दोलन गरेपनि केही सनवाई समेत नभएको उनिहरुकाे गुनासो पाेखेका छन् ।
आज सहायक प्रमुख जिल्ला अधिकारी र रामग्राम नगरपालिका का उपप्रमुख लाई बाेधार्थमा रामग्राम नगरपालिका र उधाेग वाणिज्य संघ नवलपरासीलाई राखी ज्ञापन पत्र समेत बुझाएका छन् भने एक हप्ता सम्म निर्माण काम सुरु भएन भने यसभन्दा पनि चरण बद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।