विराटनगर । मोरङको लेटाङ नगरपालिका–९ बुढौली चोकबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले लेटाङ–८ का २४ वर्षीय पदमबहादुर राईलाई सोमबारसाँझ पक्राउ गरेको हो ।

राईको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल दुई सय ट्याब्लेट र स्पासपेन एक सय ७० ट्याब्लेट बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

राईमाथि प्रहरीले थप अनुसन्धान थालिएको जनाएको छ । प्रहरीलाई प्राप्त सूचना र अनुसन्धानबाट खुलेको विवरणका आधारमा प्रतिबन्धित औषधिको ओसारपसार र कारोबार गर्ने गिरोहको खोजी थालिएको राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय