कोकिला भण्डारी
धनकुटा, २६ मंसिर । धनकुटा नगरपालिका वडा नम्वर १० को सहयोग एवं न्यु भिजन युवा क्लव तथा सामुदायिक विकास केन्द्र, सिरहाको आयोजनामा महिला लक्षित ७५ दिने कम्प्युटर तालिम उद्घाटन गरिएको छ ।

उक्त तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले महिला दिदि बहिनीहरूलाई वडाले तालिम दिएर दक्ष र सक्षम महिला उत्पादन गरि आर्थिक उपार्जन गर्दै जीवीकोपार्जनमा शहज, सक्षम महिला बनाउनु राम्रो र अपरिहार्य भएको बताउनु भयो ।
आजको युग ईलेक्ट्रोनिक डिभाईस विना अधुरो र अपुरो हुने भएकाले प्रबृधि हस्तान्तरण गर्नु आवश्यक रहेको सन्दर्भमा वडाले गरेको कामको प्रशंसा गर्नु भयो ।
स्वस्तीक कम्प्युटर ईन्स्टिच्युटका प्रशिक्षक तिलक घिमिरेले मंसिर ११ गतेबाट शहजीकरण गर्नुभएको उक्त तालिम फागुन ११ गते सम्म सञ्चालन गरिने तालिम कार्यक्रम संयोजक कोकिला भण्डारीले जानकारी दिनुभयो । तालिममा १० नम्वर वडा कार्यालय भित्र रहेका केहि आयआर्जन गरि जिवनस्तर सुधार गर्छु भन्ने महिला दिदिवहिनिहरूको सहभागिता रहेको छ ।
कम्प्युटर दिमागको विस्तारीत रुप भएकाले तालिममा सहभागिहरुले अत्यन्तै ध्यान दिएर तालिम सिक्नुपर्ने बताउदै कम्प्युटरको ईतिहास कहाँबाट शुरु भयो, कस्ले आविस्कार गर्यो लगायतको विकास क्रम हैन टाईप गरेर व्याक्तिगत जीवन र कार्यालयमा आवश्यक पर्ने काम सुचना तयार, निवेदन लगायतका काम गरेर जीवीकोपार्जन गर्न शहज हुने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताउनु भयो ।
१० नम्वर वडा अध्यक्ष नगेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, शसस्त्र प्रहरी वल नम्वर ६ छिन्तांक गुल्मका गुल्मपति सुदन भारती, भिमदल सल्लेरी व्यारेक धनकुटामा सेनानी दिपक थापा, राष्ट्रिय अनुसन्धान अधिकृत सविना राई, वडा सदस्यहरू, स्वास्थयकर्मी, तालिमका सहभागि, स्थानीयलगायतका अतिथिहरूको उपस्थिति रहेका थियो । उक्त तालिम वडा सचिव कृष्ण भण्डारीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!