नेपाली कांग्रेससमानान्तर समिति

सिरहा । नेपाली काँग्रेस सिरहामा संस्थापनइतरको सभापतिका उम्मेदवार रहेका रामसुन्दर चौधरी नेतृत्वमा समानान्तर समिति घोषणा गरिएको छ ।
नेपाली काँग्रेसको १४औं जिल्ला अधिवेशन अन्र्तगत सोमवार भएको मतदानमा शक्तिको आडमा संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट संस्थापनइतर पक्षले समानान्तर जिल्ला कार्य समितिको वुधवार घोषणा गरेको छ ।

सिराहा सदरमुकामस्थित जिल्ला समन्वय समितिको समीक्षालय भवनमा असन्तुष्ट पक्षको बैठक बसेर निर्वाचनमा होमिएका चौधरी नेतृत्वको प्यानललाई नै समानान्तर कार्य समिति घोषणा गरेको हो । जिल्ला कार्य समिति घोषणा गर्दै निर्वााचनमा धाँधली गरेर निर्वाचित भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा समूहका रामचन्द्र यादव नेतृत्वको कार्यसमितिलाई नमान्ने निर्णय समेत गरेको छ ।

दुईतिहाइ प्रतिनिधि आफ्नो पक्षमा भए पनि रामचन्द्र यादवले शक्ति र प्रहरी प्रशासनको आडमा निर्वाचनमा धाँधली गरेर निर्वाचित भएको चौधरी पक्षको आरोप छ । यो चुनाव रद्द गरेर नयाँ निर्वाचन सदरमुकाममा गरिनुपर्ने माग उनीहरूले गरेका छन् । समानान्तर जिल्ला कार्य समिति घोषणा गरिएको पक्षले गत सोमबार भएको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मतदान बहिष्कार गरी विरोध प्रर्दशन गरेका थिए । विरोधमा नेपाली काँग्रेका पूर्व केन्द्रिय कोषाध्यक्ष एवं साँसद सितादेवी यादव, साँसद पद्यनारायण चौधरी, प्रदेश साँसद नरेश कुमार यादव, महासमिति सदस्य डा सुभाष चन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए ।

पुनः निर्वाचन नभएमा आफूहरूले सबै गतिविधि यही समितिमार्फत सञ्चालन गर्ने महासमिति सदस्य डा। सुभाचन्द्र यादवले बताए। चुनावमा धाँधली भएको भन्दै चौधरी पक्षले मतदान चलिरहेकै वेला सोमबार साँझ ६ बजे नै मतदान बहिष्कार गरी नाराजुलुस गर्दै विरोधमा उत्रिएका थिए । निर्वाचनमा धाँधली गराउनुमा गृहमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाणको मुख्य भूमिका रहेको चौधरी पक्षको आरोप छ। जसमा सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाको सहयोग रहेको महासमिति सदस्य डा। यादवले आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय