#सिरहानेपाली कांग्रेस

सिरहा । नेपाली कांग्रेस सिरहाको अधिवेशन अन्तर्गत सोमबार गोलबजारस्थित भइरहेको चुनावस्थलमा प्रदर्शन र नाराबाजी भइरहेको छ । सभापतिका उम्मेदवार रामसुन्दर चौधरी पक्षले चुनावमा धाँधली भएको भन्दै नाराबाजी गरिरहेको हो ।

चुनावमा प्रहरीको बलमा सभापतिका प्रत्यासी रामचन्द्र यादव पक्षधरले धाँधली गरेको भन्दै कांग्रेस लहान नगर सभापति राशलाल रायले मतपत्र च्यातेका थिए ।

मतपत्र च्यातिएपछि कांग्रेस लहान नगर सभापति राशलाल रायमाथि सभापतिका प्रत्यासी रामचन्द्र यादव पक्षधरबाट कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते रायको लहानमा उपचार भइरहेको छ । मुख्य निर्वाचन अधिकृत संजीव लामाले मतपत्रसहित केही निर्वाचन सामग्री च्यातिएको बताए ।

उनले बाहिर नाराबाजी भए पनि मतदान जारी रहेको बताए । सिरहा कांग्रेस अधिवेशनमा २६६२ मतदाता छन् । यसैबीच रामसुन्दर चौधरी पक्षधरले चुनावस्थल गोलबजार मैदानमा पत्रकार सम्मेलन गरी विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय