धनुषा । धनुषाबाट सबडिभिजन वन कार्यालय लालगढले अवैध सखुवाको काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिका वडा नम्बर ८ कुसुमविछौना झिजबाट २६.४७ क्यूफिट तीन थान सखुवाको गोलिया, प्रदेश २–०३–०१५ प १६४९ नम्बरको मोटरसाइकल र ज १ त ८६००  नम्बर ट्याक्टर वन कार्यालयले नियन्त्रणमा लिएको हो ।

सबडिभिजन वन कार्यालय लालगढका सहायक वन अधिकृत मदन चौधरीका अनुसार कुसुम विछौनास्थित सार्वजनिक स्थानमा रहेको एउटा सखुवाको रुख तस्करहरुले कटान मुछान गरी ट्याक्टरमा लोड गर्ने क्रममा काठसहित ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी दिए ।

सखुवा रुख कटान गरेको खबर प्राप्त हुनासाथ वन रक्षक सहितको टोली कटानस्थल पुग्दा तस्करहरु ट्याक्टर र मोटरसाइकलसमेत सोही ठाउँमा छोडेर फरार भएको चौधरीले बताए ।

कटानमुछान गरिएको सखुवाको गोलिया, ट्याक्टर र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला  वन कार्यालय धनुषामा पठाएको सहायक अधिकृत चौधरीले जानकारी दिए ।

सहायक वन अधिकृत मदन चौधरीले साधनस्रोतको कमीका कारण वनफँडानी भइरहेको गुनासो पोखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय