सिरहा । मधेस प्रदेशका तीन वटा विषयगत संसदीय समितिमा लामो समयदेखि रिक्त रहेको सभापति पदमा सिरहाका तीन जना प्रदेश साँसद निर्वाचित भएका छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र सिरहा २ (क) का मदन सेन प्रसाद श्रीवास्तव, समानुपातिक प्रदेश सभा साँसद नरेश कुमार यादव र जगत प्रसाद यादव सभापतिमा निर्वाचित भएका छन् ।

कृषि, भूमि, व्यवस्थापनमा नेकपा एकीकृत समाजवादीका मदन सेन प्रसाद श्रीवास्तव, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका नरेशकुमार यादव र प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगत प्रसाद यादव निर्वाचित भएका छन् ।
यस अघि रिक्त रहेको संसदीय समितिको तीन वटा विषयगत समितिको सभापतिमा विभिन्न दलका ५ जना प्रदेश साँसदले सोमबार मनोनयन दर्ता गराएका थिए ।
प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्र्टी (लोसपा) र नेकपा एमालेले गठबन्धन गरी मनोनयन दर्ता गराएका थिए । लोसपाबाट प्रल्हाद गिरी (पर्सा)ले सार्वजनिक लेखा समिति र एमालेबाट कृषि, भूमि व्यवस्थापन समितिमा जगतारैण देवी साह (सिरहा)ले मनोनयन दर्ता गराएका थिए ।

यस्तै, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका नरेशकुमार यादव (सिरहा) र कृषि, भूमि, व्यवस्थापनमा नेकपा एकीकृत समाजवादीका मदन सेन प्रसाद श्रीवास्तव (सिरहा)ले पनि मनोनयन दर्ता गराएका थिए । यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगत प्रसाद यादव (सिरहा)को एकल मनोनयन दर्ता भएको थियो । एकल मनोनयन दर्ता भएपछि उनी निर्विरोध चयन भएको थियो ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादव अनुसार तीन जना सभापतिमा निर्वाचित भएको छ । दुईवटा समितिको सभापति चयनका लागि मनोनयन दर्ताको प्रस्तावमा मंगलबार समितिमा छलफल गरिएको थियो । दुवै समितको बैठकमा सभापति चयनको प्रस्ताव राखिएको थियो । प्रस्तावमा समितिको सदस्यले मतदान गरेपछि सभापति चयन गरिएको छ । दुवै समितिका सभापतिमा निर्वाचित श्रीवास्तव र यादवको पक्षमा दुई तिहाइ मत परेपछि सभापति बनेका छन् ।

प्रदेश सभा सचिवालयले माघ १९ मा रिक्त समितिको सभापति चयन प्रक्रिया अघि बढाएको थियो । प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा बल्ल सार्वजनिक लेखा समिति लगायत तीन वटै समितिका सभापति चयन भएको छ ।
यस अछि नेकपा माओवादी केन्द्रबाट एमालेमा लागेपछि रामचन्द्र मण्डल सांसद पदबाट बर्खास्त भएका थिए । मण्डल प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति वीरेन्द्र सिंह मन्त्री बनेपछि पद रिक्त भएको थियो ।
सातवटा समिति रहेकोमा तीनको सभापति जसपाले पाएको छ । अहिले जसपाले अर्थ तथा योजना समितिमा मनीष सुमन, विकास समितिमा शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा अशोक यादव छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय