सिरहा । सहिद साँसद हेमनारायण यादवको १८औं स्मृति दिवसको अवसरमा नेकपा एकीकृत समाजवादीका भातृ संस्था यूवा संघ नेपाल सिरहाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सहिद साँसद यादवको १८ औं स्मृति दिवसको अवसरमा यूवा संघ नेपाल सिरहाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । यूवा संघ नेपालका केन्द्रिय सदस्य निरज गोहिवार, यूवा संघ नेपाल सिरहाका अध्यक्ष राजेश यादव लगायत ५० जनाले रक्तदान गरेका छन् ।

यूवा संघ नेपाल सिरहाले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र जिल्लामा रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको यूवा संघ नेपाल सिरहाका अध्यक्ष राजेश यादवले बताएका छन् । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने भावनाले स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताएका छन् ।



