बेबारिसे फेला परेको शिशुसिरहा अस्पताल

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा बेबारिसे अवस्थामा फेला परेको नवजात शिशुको आईतबार जिल्ला अस्पताल सिरहामा न्वाराण अर्थात छठिहार सम्पन्न भएको छ ।
अस्पतालका नर्सहरुले अस्पतालमै न्वारण कार्यक्रमको आयोजना गरी बेबारिसे भेटिएको शिशुको नामाकरण पनि गरिदिएका छन् । गत मँसिर २१ गते सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाईलस्थित बेबारिसे फालिएको अवस्थामा फेला परेको शिशुको नाम गोलाप्रथाद्वारा ‘आभाषराज’ नामाकरण गरिएको छ ।
यता उक्त शिशुलाई गोद लिनको लागि दर्जनौ व्यक्तिहरुले रुचि देखाएका छन् ।

गोद लिनको विभिन्न कागजात आवश्यक
यस्तै सिरहा अस्पतालमा छठियार सहित नामाकरण गरिएको बच्चालाई गोदलिन धेरै रुचि देखाएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक मापदण्ड सार्वजनिक गरेको छ ।
प्रशासनले एक सूचना जारी गर्दै कुनै बेबारिसे बच्चालाई गोद लिनको लागि आवश्यक पर्ने आधारहरु प्रष्टाउदै मापदण्ड सार्वजनिक गरेको हो । प्रक्रियागत र कागजातहरु उपलब्ध गराएपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउने सूचना जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको छ ।
जसका निम्ति बच्चालाई गोद लिन चाहने व्यक्तिको जग्गा जमिन, आर्थिक स्थिति र आम्दानीको श्रोत खुलाउन भनिएको छ । कागजातहरुमा घरमा बच्चा भएको, नभएको वा कहिलेदेखि नभएको, विवाहदर्ता सहित बच्चा हुने वा नहुने मेडिकल रिपोर्ट समेत पेश गर्न भनिएको छ ।

May be an image of 10 people, people standing, balloon and indoor

यसका साथै, परिवारिक सँस्कारको साथै बच्चा लिन चाहने व्यक्तिको शैक्षिक प्रमाण पत्र समेत पेश गर्न भनिएको छ । एउटै बच्चाको लागी दर्जनौ व्यक्ति गोद लिन ईच्छुक भएको जनाउँदै सो कागजी प्रक्रियाहरुको बारेमा सूचना जारी गरेको निमित्त प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताएका छन् । बच्चा लिनको लागि उनको चालचलन, दीर्घ रोगी हो वा होईन भने निरोगिताको प्रमाणपत्र, स्थानीय तहको सिफारिस समेत पेश गरेपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउन सकिने उनले बताए ।
बच्चा गोद लिन चाहने व्यक्तिको उमेर हद समेत तोकिएको छ । जसमा २१ बर्ष नाघेको र ५५ वर्षभन्दा कम उमेर भएको व्यक्तिले मात्र बच्चाको लागि निवेदन दिन पाउने उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहामा बसेको बैठकबाट सो कागजातहरु पेश गरेपछि छनौटको आधारमा मात्र बच्चा जिम्मा लगाउने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कवारीले बताए । अभिभावक छनौटको लागि माग गरिएको कागजपत्रहरु अनिवार्य पेश गरे विचार गरी मात्र बच्चा जिम्मा लगाउन सकिने जनाईएको छ ।

No photo description available.

वेवारसे वच्चाको कस्को जिम्मामा राख्ने सम्वद्ध छनौटको आधार सम्वन्धी सूचना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय