महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित इँटा भट्टानजिकै एक पुरूषको शव फेला परेको छ ।
मंगलबार जलेश्वर नगरपालिका– ७ का अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादवको शव फेला परेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार यादवको मृत्युको कारण खुलेको छैन ।
मृतक यादव शुक्रबारदेखि बेपत्ता थिए । स्थानीयका अनुसार सशस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाको प्रत्यक्षदर्शी मृतक यादव थिए ।
घटना भएकै बेलादेखि बेपत्ता यादवको शव फेला परेपछि आफूहरु सशंकित भएको परिवारजनले बताए । यादवको मृत्युबारे सुक्ष्म छानबिन हुनुपर्ने माग समेत गरेका छन् । प्रहरीले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको छ ।