सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल उमेर हदका कारणले अनिवार्य अवकास पाएका छन् । शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनी उपसचिव हुँदै सहसचिवसम्म पुगेका थिए । सिरहा जिल्ला समेत गरी ३२ वर्षको सरकारी जागिरका दौरानमा ११ जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर सेवा प्रवाह गरेका थिए । पछिल्लो समय कारागार व्यवस्था विभागवाट प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न १६ महिना अघि सिरहा आएका थिए । त्यसअघि धनुषका प्रमुख जिल्ला अधिकारीका रुपमा समेत काम गरेका थिए । उनी सिरहाबाट अनिवार्य अवकासमा विदाई हुने पहिलो सिडियो बनेका छन् । सिरहा जिल्लामा २०२६ सालदेखि प्रमुख जिल्ला अधिकारीको व्यवस्था गरिएको थियो । त्यसमध्ये प्रजिअ कणेंल अनिवार्य अवकास पाएर विदाई हुने पहिलो बनेको हो ।

अनिवार्य अवसका पाउँदा प्रजिअ कणेंललाई विभिन्न संघसंस्था र निकायले विदाई गरेका छन् । जिल्ला समन्वय समिति सिरहा, नेपाल रेडक्रस सोसाईटी, उद्योग वाणिज्य संघ, निजामती कर्मचारी मिलन केन्द्र र जिल्लाका स्थानीय तहका प्रमुखहरुले मायाको चिनो, दोसल्ला, फूलमाला अबिर लगाएर विदाई गरेका छन् ।

आफ्ना कार्यालयका कर्मचारीले राखेको विदाई कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कणेंलले नागरिकले सहज र सरल तरिकाले सेवा प्रवाह भईरहेको भन्ने अनुभूती हुनेगरी काम गर्न कर्मचारीलाई आग्रह दिएका छन् । सेवा प्रवाहलाई प्राथमिकता दिई पारदर्षिता र सुशासन कायम राख्ने गरी काम गर्नु सवैलाई आग्रह गरेका छन् । जिल्लाको सरकारी कार्यालयहरुमध्ये जिल्ला प्रशासनको पहिचान बेग्लै रह्ने गरेकोले त्यसलाई सुशासन र पारदर्षिताको सवालमा पछाडी पर्न दिन नहुने भन्दै त्यसै अनुसार सक्रियतापूर्वक काम गर्न जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

विदाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई स्वागत पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारी कणेंलले फूलमालाले सहायक प्रजिअ कवारीलाई स्वागत गरेका छन् । त्यस क्रममा चुस्त दुरुस्त सेवा प्रवाहलाई विशेष ध्यान दिन जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!