बिष्णुपुर गाउँपालिका

सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ मा दोस्रो वडाअघ्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको आर्मी ब्यारेक चोहर्वा २–० गोल अन्तरले जेवासि गोलबजार फुटबल कल्वलाई पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत दोस्रो खेल दहिपौडी र बडहरामालवीच हुने वडा अध्यक्ष गोपिन्द्र यादवले बताएका छन् ।

दोस्रो वडाअघ्यक्ष गोल्डकप फुटबल प्रतियोगिता बिष्णुपुर गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गोपिन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव, विशिष्ठ अतिथि नेपाली सेनाका मेजर हेमन्त मल्ल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत, वडा अध्यक्षहरु क्रमशः जय कुमार यादव, राम ईश्वर यादव, राज कुमार यादव, लगायत स्थानिय बुद्धिजिवी, समाजसेवी, खेल प्रेमी, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय