छठछठ पर्व

अमर कुसैत/जनकपुर । तराईमा चार दिनसम्म धुमधामका साथ मनाइने छठ पर्वको आज अन्तिम दिन । बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ ।

तराईंका जिल्लामा व्रतालुहरूले नजिकैका नदी, खोला र पोखरीमा गई आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत र छठको समापन गरेका हुन् ।

आज बिहानै प्रदेश २ को अस्थायी राजधानी जनकपुर, वीरगञ्ज, सिरहालगायतका सहरहरूमा सजाइएका पोखरीमा उदाउँदो सूर्यलाई अर्घ दिनेहरूको भीड लागेको छ । जनकपुरको धनुष सागर र गंगा सागरमा अर्घ दिनेहरूको ठूलो भीड थियो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने जनविश्वासका साथ छठ पर्व मनाउने गरिन्छ ।

सिरहा र जनकपुरको छठका केही तस्वीरहरू :-

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय