#सप्तरीसवारी दुर्घटना

सप्तरी । सप्तरीमा बसले दिएको ठक्करबाट मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका वडा नम्बर ८ स्थित मिलन चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.२ प ३३३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना.५ ख ९००० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करले मोटरसाइकलमा पछाडि सबार सप्तरीकै बलान बिहुल गाउँपालिका ६ रौतहट निवासी बर्ष ४० का प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । ठक्करले मोटरसाइकल चालक सोही ठाउँका अमरनाथ यादव घाइते भएका छन् ।

ठक्कर दिने बस र चालक चितवनको मारी नगरपालिका ४ बस्ने ३७ वर्षीय सुरेश रिमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!