
सिरहा । सिरहा जिल्लाको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बालविकास (प्रारम्भिक कक्षा)का शिक्षकहरुले समान तलबभक्ताको माग गर्दै आन्दोलित भएको छ ।
सिरहा जिल्लाका १७ वटै स्थानीय तह केन्द्रित आन्दोलनमा कतिपय स्थानीय तहमा सहमति भएपछि रोकिएको छ भने कतिपय स्थानीय तहमा आन्दोलन चरणबद्ध रुपमा जारी रहेको छ । चालू आर्थिक वर्ष २०७८/०७९ मा वृद्धि गरिएको तलब र त्यसमा स्थानीय तहले थप गरी १५/१५ हजार दिनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै उनीहरुले आन्दोलित भएका छन् ।

जस अन्र्तगत सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका, कर्जन्हा नगरपालिका लगायतका स्थानीय तह केन्द्रित आन्दोलनका कार्यक्रम जारी रहेको नेपाल विद्यालय कर्मचारी संगठनका जिल्ला अध्यक्ष घनश्याम ठाकुरले बताएका छन् ।
यस्तै लहान नगरपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका, मिर्चैया नगरपालिका लगायतले आन्दोलनरत पक्षसँग सहमति गरी सकिको छ । नयाँ बजेट अनुसार सहमति गरेका स्थानीय तहहरुले तलब वृद्धि गरी भुक्तानी गर्ने अध्यक्ष ठाकुरले बताए ।
सिरहा जिल्लामा ४ सय वढी विद्यालय कर्मचारी र साढे ५० जति प्रारम्भिक कक्षा –बालविकास)का शिक्षकहरु रहेका छन् ।