सिरहा । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय भवन शिल्यानाश गरिएको छ । प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले भवन शिल्यानाश गरेको छ ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायका सचिव डा नम्रता सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री यादवले भवन निर्माण कार्यको शिल्यानाश गरेको हो ।
बहुवर्षिय योजना अन्र्तगत ३ करोड ७९ लाख ५२ हजार ३०८ रुपैयाँको लागत इस्टिमेडमध्ये विकास÷रामजानकी जेभी रामनगर मिर्चैयाले ४६.८५ प्रतिशत बिलोमा गई भवन निर्माण गर्ने सम्झौता गरेको छ । उक्त भवन निर्माण गर्न विभिन्न ७ वटा निर्माण कम्पनीले आवेदन दिएका थिए ।
सहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजको निगरानीमो भवन निर्माणको कार्य हुने भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाले जनाएको छ । भवन निर्माण कार्य तोकिएको समय भित्रै सक्न निर्माण कम्पनीलाई मन्त्री यादवले निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!