![](https://apandainik.com/wp-content/uploads/Madar-bhanshar_78-06-15.jpg)
सिरहा । कोरोना महामारीका कारण बन्द रहेका सिरहा भन्सार माडर खैरटोका सिमा नाकाबाट भारतीय निजी सवारी साधनको आवागमन आजदेखि सुचारु भएको छ ।
सिरहाका नेपाल–भारत सीमा नाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण २०७६ चैत्र ११ गते (विगत करिब डेढ वर्ष) देखि सीमा नाका बन्द भएका थिए ।
नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी संक्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले गत असोज ५ गते सीमा नाका खोल्ने निर्णय गरेको हो ।
![](https://apandainik.com/wp-content/uploads/maa-bhagwati-Sweets-Siraha-2-1-1024x133.gif)
उक्त निर्णय अनुसार भन्सार विभागको असोज १४ गते बिहीबारको पत्रानुसार सिरहा भन्सार माडर खैरटोकाको सिमा नाका खुल्ला गरिएको सिरहा भन्सार कार्यालयका प्रमुख जगदिश कुमार पुर्वेले बताएका छन् ।
भारतीय सवारी साधनहरु नेपाल आउन चाहे विगतमा जस्तै भन्सार लगायतका राजस्व काटिने उनले बताए ।
‘नेपाल तर्फको नाका शुक्रवारबाट खुल्नेछ’ प्रमुख पूर्वेले भने, तर भारत तर्फबाट नाका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको छैन् । हाल सीमानाकाको छेउबाट पैदल यात्रुहरु आउजाउ गर्न दुबै देशका अधिकारीहरुले छुट दिएको थियो ।
यात्रुबाहक सवारी साधनको आउजाउमा रोक लागेपनि मालबाहक सवारी साधनको आउजाउ निर्वाध भइरहेको थियो । भारतले खुल्ला गरेका सबै नाकाहरुबाट मालवाहक सवारी साधन नेपाल आउने गरेको थियो ।
सरकारले स्थलमार्गबाट आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, विदेशवाट नेपाल आउने व्यक्तिले www.ccme.gv.np मा लगइन गरी अनलाइन फारम भरी सो को प्रिन्ट साथमा रहेको भारतीय नागरिकलाई नेपाल अनुमति दिइने प्रमुख पूर्वेले बताए ।