अमर कुसैत/जनकपुरधाम । विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न स्थानमा आरकेस्ट्रामा नृत्य गर्न भारतबाट आएका ३७ जना कलाकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको मठिहानी नाकाबाट नेपाल प्रवेश गरेका प्रवेश गरेका २८ जना र कटकटैया नाकामा ९ जनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
नियन्त्रणामा रहेकाहरु अधिकांश महिला छन् ।
उनीहरु शुक्रबार दिउँसो आरकेस्ट्रा कार्यक्रम गर्न नेपाल पसेका थिए ।
सबै जनालाई सोही नाकामै होल्ड गरेर नियन्त्रणमा राखेको र सम्झाई बुझाई छोड्ने तयारी गरेको एसपी आचार्यले बताए ।
यस्तै विश्वकर्मा पूजाको अवसरमा महोत्तरीको विभिन्न भागमा प्रतिवन्धको अवज्ञा गरी आयोजन गरेको आरकेस्ट्रा तथा नाच प्रोग्राम बन्द गराइएको एसपी आचार्यले जानकारी दिए ।