सिरहा । नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को सिरहा जिल्ला कार्य समिति गठन गरिएको छ । सिरहाको गोलबजारमा विहिवार भएको क्रियाशिल जिल्ला कमिटी, जिल्ला सचिवालय, जनवर्गीय संगठन तथा बुद्धिजीवीको उपस्थितिमा नेकपा एमालेवाट विद्रोही गरी नयाँ पार्टी गठन गरेकाहरुको वैठकवाट जिल्ला कमिटि गठन गरेको हो ।
वैठकवाट सिरहा जिल्लामा रहेको एकीकृत समाजवादीका जनवर्गीय संगठनहरुलाई पनि समाहित गर्ने निर्णय गरेको हो । नेकपा एकीकृत समाजवादीका प्रदेश २ का ईन्चार्ज धर्मनाथ साहको प्रमुख आतिथ्यतामा एवं प्रदेश नं. २ का अध्यक्ष रामचन्द्र यादवको विशिष्ठ आतिथ्यता तथा प्रदेश २ का साँसद प्रमोद कुमार यादवको अध्यक्षतामा भएको वैठकवाट नयाँ समिति गठन गरेको छ ।
सिरहा जिल्लाका कम्यूनिष्ट नेता, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरुको बैठकवाट नेकपा एकीकृत समाजवादी सिरहा जिल्ला कमिटी गठन गरिएको हो । नवगठित एकीकृत समाजवादीका सबै नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठन पुनर्गठन, विस्तार तथा निर्माण गर्न आग्रह गर्दै समाजवादको यात्रामा सहभागी हुन सबैलाई आह्वान गरिएको छ । लोकतान्त्रिक शक्ति र आन्दोलनलाई सुदृढ गर्दै ‘सुखी नेपाली र समृद्ध नेपाल’ सपना साकार पार्ने अभियानमा जुट्न प्रदेश २ का इन्चार्ज साहले आह्वान पनि गरेका छन् ।
नेकपा एमाले सिरहाको नवौं जिल्ला अधिवेशन बाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव लागायत सम्पुर्ण सदस्यहरु सहित २०५ सदस्यीय नेकपा एकीकृत समाजवादी सिरहा जिल्ला कमिटीमा पुनर्गठन गरिएको छ । जिम्मेवारी पाउनु हुने सम्पुर्ण पदाधिकारी तथा सदस्य कमरेडहरु लाई कार्यकाल सफलताको शुभकामना ।

२ सय ५ सदस्यीय जिल्ला कमिटी
प्रदेश २ का साँसद प्रमोद कुमार यादवको अध्यक्षतामा २ सय ५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा उत्तर बहादुर जर्घामगर, सचिवमा योगेन्द्र प्रसाद सिंह, उपसचिव अशोक कुमार यादव र जिल्ला सदस्यहरुमा रविन्द्र साह, राम दयाल यादव, रामचन्द्र सिंह, जगदिश महतो, आशा यादव, मो. महमुद राईन, देवेन्द्र गोहिवार, कुशेश्वर प्रसाद यादव, रामनन्दन मण्डल, मो. मोजिम राइन, सत्य नारायण यादव निर्मला कामती, रिता यादव, देव शरण पण्डीत, अमृता देवी कामती, बालेश्वर यादव, धर्मनाथ मण्डल लगायत २ सय ५ सदस्य गठन गरिएको छ ।

४५ सदस्यीय सचिवालय गठन
यस्तै नेकपा एकीकृत समाजवादीको सिरहा जिल्लामा ४५ सदस्यीय सचिवालय गठन गरेको छ । अध्यक्ष प्रमोद कुमार यादव, उपाध्यक्ष उत्तर बहादुर जर्गामगर, सचिव योगेन्द्र सिंह, उपसचिव अशोक यादव, राम दयाल यादव, धनिक लाल यादव, राम नारायण यादव, केदारनाथ यादव, चन्द्र नारायण यादव, विनोद साह, जय प्रकाश यादव (राहुल), सागर चौधरी सहित ४५ सदस्य रहेको छ ।
यस्तै बैठकवाट सिरहा जिल्लाका ४ वटै निर्वाचन क्षेत्र र १७ वटै स्थानीय तहको संयोजकहरुको जिम्मेवारी पनि दिईएको छ ।
क्षेत्रीय इन्चार्ज र सह–इन्चार्जहरुहरु
क्षेत्र नं. १ इन्चार्ज रामदयाल यादव, सह–इन्चार्ज रामकुमार काकीर्, क्षेत्र नं.२ इन्चार्ज उत्तर बहादुर जर्घामगर, सह–इन्चार्ज मदनसेन प्रसाद श्रीवास्तव, क्षेत्र नं. ३ इन्चार्ज कुशेश्वर यादव, क्षेत्र नं.४ इन्चार्ज जिवछ साह

पालिका स्तरीय इन्चार्ज र संयोजकहरु
सिरहा नगरपालिकाका इन्चार्ज रविन्द्र साह, संयोजक जागेश्वर यादव, लहान नगरपालिकाका इन्चार्ज धनिक लाल यादव, संयोजक विनोद साह, सुखिपुर नगरपालिकाका इन्चार्ज सूर्य नारायण महतो, संयोजक सत्य नारायण यादव, धनगढीमाई नगरपालिकाका इन्चार्ज भगलु महतो, संयोजक रुपलाल तामाङ्ग, गोलबजार नगरपालिकाका इन्चार्ज धर्मनाथ महतो, संयोजक हिरालाल सिंह, मिर्चैया नगरपालिकाका इन्चार्ज असनारायण मण्डल, संयोजक लालदेव साह, कर्जन्हा नगरपालिकाका इन्चार्ज जय प्रकाश महतो, संयोजक जगदिश महतो, कल्याणपुर नगरपालिकाका इन्चार्ज धर्मनाथ मण्डल, संयोजक दिपेन्द्र मरिक, सखुवानन्नकारकट्टी गाउँपालिकाका इन्चार्ज राम नारायण यादव, संयोजक अमिर प्रसाद यादव, सहसंयोजक बद्रि नारायण यादव, भगवानपुर गाउँपालिकाका, इन्चार्ज चन्देश्वर यादव, संयोजक चन्द्र नारायण यादव, लक्ष्मीपुर पतारी गाउँपालिकाका इन्चार्ज भागवत याद, संयोजक जय प्रकाश यादव (राहुल), अर्नमा गाउँपालिकाका इन्चार्ज नरेन्द्र सिंह, संयोजक धनपैत यादव, बिष्णुपुर गाउँपालिकाका इन्चार्ज दिलेश्वर सिंह, संयोजक गुरुदयाल यादव, नवराजपुर गाउँपालिकाका ईन्चार्ज शिव राम महरा, संयोजक शिव नारायण यादव, नरहा गाउँपालिकाका ईन्चार्ज लोकमान अन्सारी, संयोजक गुरु दयादल यादव चयन गरिएको जिल्ला कमिटीका उपसचिव अशोक यादवले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!