#सिरहाआत्महत्यासिरहा नगरपालिका

अमर कुसैत/सिरहा । जिल्लामा बढ्दो आत्महत्याको घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको सरोकारवालाले जोड दिएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रवार सिरहामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो आवश्यकतामा जोड दिएका हुन् ।

सिरहा नगरपालिका, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल सिरहा र महिला मानवअधिकार रक्षक सञ्जाल सिरहाले समग्र जन उत्थान केन्द्र लहान, ओरेक नेपाल, मुिक्त नेपाल, कोशिष नेपाल, दलित जन कल्याण युवा क्लव, इन्सेक, सिएमसी नेपालको सहकार्यक्रमा सिरहा नगरपालिकाको सभा हलमा शुक्रवार आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवलाले आत्महत्याको घटना दिनदिनै बढदै गएपनि यसको रोकथामको लागि प्रयाप्त पहल हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका छन् ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले आयोजित आत्महत्या रोकथामका लागि सरोकारवालको भूमिका विषयक अन्तरक्रिया विभिन्न उमेर समूह र सिजन अनुसार गत विगतमा भएको रेकर्ड अनुसार परिवारिक समाजिक स्तरबाट नै यसको समाधान गर्न आर्थिक समाजिक सेवालाई अग्रसरता गराई बढ्दो आत्महत्याको घटना रोकथामको लागि साझा पहलको आवश्यकता रहेको कणेलले बताउनु भयो ।

यस्तै कार्यक्रममा सहभागी सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले समाजमा अस्वस्थ प्रतिस्पर्धा देखासिखी र एकअर्कासंग तुलना गर्ने प्रवृतिले आत्महत्याको घटना बढेको बताउनु भयो । वहाँले आत्महत्याको घटना रोकथामका लागि कुनै एकपक्षको सक्रियताले नहुने भन्दै सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!