नेपाली कांग्रेसप्रदेश २वडा अधिवेशन

सत्तारुढ दल नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार विभिन्न जिल्लामा वडा अधिवेशन गरेको छ । तर प्रदेश २ का कुनै पनि जिल्लामा काँग्रेसको वडा अधिवेशन हुन सकेन ।

शुक्रबार ५६ जिल्लामा वडा अधिवेशन चलिरहँदा प्रदेश २ का ८ सहित २१ वटा जिल्लामा भने वडा अधिवेशन हुन सकेको छैन ।

प्रदेश २ को ८ वटै जिल्लामा काँग्रेसको क्रियाशील सदस्यता विवाद छ । विवाद नटुंगिएका कारण वडाअधिवेशन सुरु हुन नसकेको बताइएको छ ।

धनुषाको २ वटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडा अधिवेशन सुरु हुन नसकेको धनुषा सभापति महेशशंकर गिरीले बताए ।

उनका अनुसार धनुषाको क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा नवीकरण वा क्रियाशील सदस्यतासम्बन्धी कुनै किसिमको विवाद नभए पनि क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४ मा विवाद छ ।

उनले भने, ‘क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी फारम भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरुले केन्द्रीय सर्कुलर अनुसार फारम नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानविन समितिले हेरिरहेको छ ।’

दुवै क्षेत्रको विवाद समाधान भएलगत्तै धनुषामा पनि वडा अधिवेशन सुरु हुने सभापति गिरीले बताए ।

काँग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशील सदस्यता सम्बन्धी विवादको छिनोफानो हुन नसकेकोले वडा अधिवेशन सुरु हुन नसकेको बताए । उनले केन्द्रबाट क्रियाशील सदस्यहरुको छिनोफानो गरी नामावली पठाएलगत्तै अधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताए ।

प्रदेश २ को ८ वटै जिल्लामा एक साताभित्रै वडा अधिवेशन हुने प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए । उनले प्रदेशभरिको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!