
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा हाई मास्ट टावर लाईट जडान गरिएको छ ।
प्रदेश २ अन्र्तगत मुख्यमन्त्री स्वच्छता कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा अध्याधिक र वढी क्षेत्रसम्म उज्यालो पुग्ने गरी हाईमास्ट टावर लाईट जडान गरिएको हो । स्वच्छता अभियान कार्यक्रम अन्र्तगत ९ लाख ९० हजार रुपैयाँमा लागतमा लाईट जडान गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेंलले बताए ।
लाईटले जडानले कार्यालयसँगै नजिकैको सडकहरुमा उज्यालो पुगेको भन्दै प्रजिअ कणेंलले सुरक्षा संवेदशनील रहेको ठाउँहरुमा यस्ता लाईट जडान गर्न स्थानीय तहहरुसँग आग्रह गरेको छ ।
