साइकल वितरण

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १० स्थित जनता माध्यमिक विद्यालय सिमाराढी गढीका छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

बिहीवार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी कक्षा ८ मा अध्ययनरत ६१ छात्रालाई साइकल वितरण गरिएको हो । कार्यक्रमका अध्यक्षता गरेका वडाध्यक्ष प्रमेश्वर साह, प्रमुख अतिथि रहेका मेयर बिजय शंकर प्रसाद साह, बिशिष्ट अतिथि रहेकी उपमेयर निलुदेवी कापर र जनता समाजवादी यूवा संघ प्रदेश २ का उपाध्यक्ष पुजन मौवारले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका छन् ।

बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत प्रदेश सरकारले उपलब्ध गराएको साइकल छात्राहरुलाई वितरण गरिएको प्रधानाध्यापक रामेश्वर यादवले जानकारी दिए । साइकल पाएपछि छात्राहरु उत्साहति बनेको पनि उनको भनाई छ ।

साइकल वितरण समारोहमा जनता समाजवादी सबैला नगर सचिव सितेन्द्र सिंह यादव, सोही पार्टीका सबैला १० का वडा उपाध्यक्ष सुरेश साह, सबैलाका सब-इन्जिनियर श्यामसुन्दर यादव, वडा सदस्यद्वय रामकरण कापर र रामपदारथ यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!