सिरहा । नेपालमा न्याय पाउनका लागि आन्दोलन गर्नु पर्ने अवस्था फेरि एक पटक देखिएको छ। एक दलित युवती रिंकु कुमारी सदाको बलात्कारपछि हत्याको घटनाले देशभर आक्रोश फैलिएको छ। तर, न्याय दिनुपर्ने निकायहरू अझै मौन बसेका छन्।

यस घटनापछि स्थानीय स्तरमा विरोध प्रदर्शन हुँदै आएको छ। पीडित परिवार र समुदायका सदस्यहरूले दोषीलाई कारबाहीको माग गर्दै सडकमा उत्रिएका छन्। तर, प्रशासनले उचित कदम चाल्न नसकेको आरोप लागिरहेको छ।

नेपालका प्रमुख दुई ठूला दल, नेकपा एमाले र नेपाली कांग्रेस, सत्तामा छन्। चुनावको समयमा दलित समुदायलाई विशेष रूपमा महत्त्व दिने यी दलहरू यस्तो कठिन परिस्थितिमा भने मौन बस्ने गरेका छन्। भोट माग्ने बेला समानता र समावेशीकरणका कुरा गर्ने दलहरूले, दलित समुदाय अन्यायमा परेको बेला किन चुप लाग्छन् भन्ने प्रश्न उठेको छ।

यस घटनाले फेरि पनि नेपालमा दलित समुदायमाथि भइरहेको विभेदलाई सतहमा ल्याएको छ। पीडितका परिवार र मानव अधिकारकर्मीहरू लगायत युवा नेता अरबिन्द यादव, सामाजिक अभियन्ता शिव यादवले दोषीलाई कडा कारवाही र न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।

न्यायका लागि आन्दोलन गर्नु पर्ने बाध्यता कहिलेसम्म रहने ? राज्य संयन्त्रको निष्क्रियता कहिलेसम्म सहनुपर्ने ? यी प्रश्नहरू अहिले आम नेपाली जनताको मनमा गुञ्जिरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!