सिरहा । प्रादेशिक अस्पताल सिरहामा उपचाररत आठ महिने बच्चालाई विभिन्न सामग्री सहयोग प्रदान गरिएको छ ।
आमा नभएको र बुबा पक्षघातका कारण अशक्त रहेको धनुषाको कमला नगरपालिका ५ लगमाका आठ महिने लक्ष्मनीनियाँ मण्डल उपचार गराउन प्रादेशिक अस्पताल सिरहामा भर्ना भएका छन् । मातृभूमी युवा समाज नेपाल सिरहाले बच्चालाई चाहिने न्यानो लुगा ४ थान, प्याम्पर लगायतका समान प्रदान गरेको छ । समाजका अध्यक्ष मनिष कुमार यादवका अनुसार बच्चालाई गम्भीर प्रकारको डिहाईड्रेशन भएको र परिवारजनको आर्थिक अवस्था कमजोर भएकोले सहयोग प्रदान गरिएको बताए ।





