जनकपुरधाम । मधेस प्रदेशमा हवाहुरीले तीनजनाको मृत्यु भएको छ । शुक्रबार धनुषाको सबैलामा रुख ढल्दा दुईजना विद्यार्थीको च्यापिएर मृत्यु भएको छ ।
फकिरचन्द मावि विद्यालयमा पढ्न गएका ८ वर्षीय रवीन्द्र सदा र १२ वर्षाीया प्रतिमा सदाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

रौतहटमा पनि एक महिलाको मृत्यु भएको छ । घर भत्किएर रौतहटको फूलमति देवीको ज्यान गएको प्रहरीले जनाएको छ ।



