सिरहा । देश संघीयतामा गईसकेको छ । भर्खरै प्रदेश २ ले आफ्नो प्रदेश सभावाट प्रदेशको नामाकरण र स्थायी राजधानी टुंगो लगाईसकेको छ । मधेस प्रदेशको आठ जिल्ला मध्ये एक सिरहा हो । सिरहा जिल्लाको सदरमुकाम सिरहा रहेको छ । सदरमुकाम भएपनि पूर्वाधार विकास, सुशासन, पारदर्षितामा निकै पछाडी रहेको छ । जिल्लामा व्याप्त भ्रष्टाचार, अवैध गतिविधिले आजित नागरिकलाई सूचनाको माध्यमबाट सशक्त बनाउने र परिवर्तनको सम्वाहक बन्ने प्रण लिई ‘अपन दैनिक’ पत्रिकाको सुरु भएको ७ वर्ष पूरा भएको छ । यो पत्रिका आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । जिल्लाका सरकारी कार्यालयमा हुने व्याप्त ढिलासुस्ती, अवैध असुली, शिक्षा क्षेत्रका अनियमितता, स्वास्थ्य क्षेत्रमा बढ्दै गईरहेको चरम वेतिथिले गर्दा नागरिक आजित भईसकेका छन् । यस्ता अवैध क्रियाकलाप विरुद्धको अभियानमा हामी झन् सशक्त भएर आवाज बुलन्द गर्ने प्रयत्न गर्दै आईरहेका छौं । नागरिकलाई विभिन्न वहानमा सरकारी संयन्त्रबाट हुने ठगीधन्दालाई निस्तेज पार्न, सहज र सुलभ तरिकाले सरकारी सेवा प्रभावमा जोड दिनुपर्ने कुरालाई स्पष्ट तुल्याउन सम्बन्धित सरोकारवाला निकायलाई घचघचाउँदै आईरहेका छौं ।

अधिकारको आवाज बुलंद गर्न उठेको मधेस आन्दोलनको पक्षमा हामीले आफ्नो भूमिका खेल्दै नागरिकलाई गाउँतहसम्म सूचना पुर्याउने अभियानलाई सफतलतापूर्वक अगाडी वढाउँदै लगेका थियोैं । पछिल्लो दुईवर्षदेखि विश्व नै कोभिड–१९ को महामारीबाट गुज्रिरहेका बेला पनि जोखिमलाई ध्यानमा राख्दै नागरिक तहसम्म सुचना पुर्याउने आफ्नो दायित्ववाट पन्छिन सक्ने अवस्था थिएन र हुँदैन पनि । त्यसलाई आत्मसाथ गर्दै केही दिन छापा प्रकाशनलाई रोकेर अनलाईन मार्फत सूचना पुर्याउन अभियानमा जुटेका थियौं । कोभिडका बेला क्वारेन्टाईनमा हुने बदमासी, लकडाउनले नागरिकले पाउँदै आएका सास्ती जस्ता मुद्दालाई उठाउँदै राज्यलाई जिम्मेवार बनाउन हाम्रो अभियानमा रहेको थियो ।

राहत, कोभिड–१९ को नाउँमा हुने अनियमितताको पर्दाफास गर्ने जस्ता कामहरु सशक्त भूमिका खेल्दै हाम्रो यात्रा अगाडी वढेको छ । लोकतन्त्रको पक्षमा, न्याय, सुशासनप्रति हाम्रो अभियान अगामी दिनमा पनि दह्रोगरी जारी रहनेछ । हाम्रा पाठकले व्यक्त गरेको असिम विश्वाससँगै आलोचनामत्क प्रतिक्रियाले हामीलाई थप हौसाएको छ । हामी पत्रकारिताको पथबाट थोरैपनि विचलित हुन सक्दैनौं । सिरहा जिल्लाको सदरमुकामबाट सुरु गरिएको यो यात्रामा तपाई पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुकहरुको माया र आलोचना हाम्रालागी प्रेरणाका स्रोत हुन् । देशको वर्तमान परिवेशमा सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरिरहँदा थप जिम्मेवारी महसुस गरिरहेका छौं । लोकतन्त्रको रक्षामा हामी नागरिकको साथमा उभिन्छौं । हामी जिल्लामा सुशासन कायम राख्न र जनजीविकाका सवालमा खरो उत्रिने प्रयत्नमा रहनेछौं । अतः यस यात्रामा साथ दिनुहुने तपाई सम्पूर्ण पाठक, स्रोता, विज्ञापनदता, शुभचिन्तक, शुभेच्छुकमा विशेष धन्यवाद व्यक्त गर्दछु । हामीलाई नागरिक तहबाट निरन्तर खबरदारी गरिरहन समेत आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!