फाइल तस्वीर

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा राजधानी तथा नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ ।

प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनले प्रस्ताव गरेका नाम र राजधानीबारे आइतबारदेखि छलफल शुरु भएको थियो । र सोमबार पनि चल्यो ।

सोमबार धारणा राख्ने सांसदहरु अशोककुमार यादव, सञ्जयकुमार, डिम्पलकुमारी झा, उपेन्द्र महतो, मञ्जुकुमारी यादव र सत्रुधन महतोले मधेश प्रदेश र जनकपुर राजधानी हुनुपर्ने बताए ।

सांसद मनोजकुमार सिंहले प्रदेशको नाम जानकी र राजधानी जनकपुर राखिनुपर्ने बताए । ‘कम्युनिस्टहरु धार्मिक भन्छन् । जनकी यो धार्मिक कुरा होइन यो इतिहास हो ’ उनले भने ।

सांसद रामसरोज यादवले नाम मिथिला भोजपुरा र राजधानी जनकपुर हुनुपर्ने बताए ।

सांसद रमेशप्रसाद कुरुङले नाम मधेश प्रदेश र राजधानी वीरगञ्ज हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका प्रदेश नम्बर २ का सदस्य राम सरोज यादवले भने प्रदेश २ को नाममाथिको भोटिङ तत्काललाई स्थगन गर्ने प्रस्ताव गरे । ‘यदि अवस्था र परिस्थिति मिल्छ भने राजधानीबारे भोटिङ गरेर बसौं र नामकरणबारे फेरि पनि छलफल गरौं’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!