सिरहा । पक्राउ परेका किसानहरुलाई रिहाई र औरही गाउँपालिकाले किसानहरुमाथि दर्ता गराएको मुद्दा फिर्ताको माग गर्दै सोमवार पनि सिरहा जिल्लाभर यातायात बन्द गर्ने निर्णय गरेको छ ।
उक्त पार्टीले आईतवार आमहड्तालको घोषणा गरेको थियो । आमहड्ताल सफल पार्न राजमार्गमा उत्रेका जनमतका कार्यकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा पटक पटक झडप भयो । सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

जनमत पार्टी सिरहाले किसान आन्दोलनलाई एक्यवद्धता जनाउदै गरेको आमहडतालमा प्रशासनद्धारा किसानहरुमाथि भएको व्यापक दमनप्रति घोर भर्त्सना गरेको छ ।
किसानको समस्या समाधान प्रति अग्रता नदेखाउनु उल्टै किसान माथि प्रशासनले दमन नीति लिनु आफैमा निन्दनीय छ- जनमत पार्टी आन्दोलन समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्ती :




