सिरहा । जिल्ला सहकारी संघ लिमिटेड सिरहाले रसायनिक मल आपूर्ति समितिले गरेको निर्णय अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिग कर्पोरेशन लिमिटेडले निर्णय कार्यान्वयन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

जिल्ला प्रशासनमा बुझाईएको ज्ञापन पत्रमा ‘रसायनिक मलखाद्यमा पटक पटक अनियमितता गर्दै आईरहेको हुनाले यस जिल्लाका रसायनिक मल आपूर्ति समितिले विगतमा निर्णय गरे अनुसार नै कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिग कर्पोरेशन लिमिटेडले खरिद र विक्रि विल समेत मासिक प्रगति प्रतिवेदन पेश गर्ने निर्णय भएको तर हालसम्म कार्यान्वनय नभएकोले सो निर्णयको कार्यान्वयनका लागि आवश्यक पहल गर्न’ माग गरिएको छ । जिल्ला सहकारी संघका अध्यक्ष रुणा कुमारी यादवले हस्ताक्षर गरेको ज्ञापन पत्रमा निर्णय कार्यान्वयनमा जोड दिएको छ ।

ज्ञापन पत्र बुझाउन जिल्ला सहकारी संघका अध्यक्ष रुना कुमारी यादवको नेतृत्वमा नेपाल कृषि सहकारी संघका सदस्य असेश्वर कामती, सल्लाहकार विपिन अधिकारी, जन लोकप्रिय कृषि सहकारी संघका अध्यक्ष ललित महरा, राष्ट्रिय उत्थान बहुउदेश्यी सहकारी संघ मिर्चैयाका अध्यक्ष प्रमोद कुमार यादव, सामुदायिक बचत तथा ऋण सहकारी संस्था, सुखिपुरका अध्यक्ष धनीराम महतो, उपाध्यक्ष अनिल सिंह महतो लगायतको सहभागितामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको जिल्ला सहकारी संघका सल्लाहकार विपिन अधिकारीले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय