
जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशनअन्तर्गत धनुषा क्षेत्र नम्बर १ (ख) को सभापतिमा ऋषिकेश लामा निर्वाचित भएका छन् । दुई दिनदेखि सहमति जुटाउन प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जाने निर्णय गरिएको हो । बिहीबार राति सम्पन्न मतदानबाट लामाले २ सय ५७ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मदन यादवले ५७ मत ल्याएका छन् ।
धनुषा १ (क)बाहेक ४ (ख) मा वासुदेव पौडेल सर्वसम्मत निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले बताए । दुई क्षेत्रमा आपसी सहमतिअनुसार निर्विरोध निर्वाचित भएको छ भने ३ (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास जारी रहेको छ । यसबाहेक क्षेत्र नम्बर २ को (क) र (ख) तथा ४ (ख) मा पनि मतदानबाट नेतृत्वको टुंगो लगाइने जिल्ला सचिव सन्तोष यादवले बताएका छन् ।