निषेधाज्ञामुस्लिमहिन्दु

जनकपुर । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

जनकपुर उपमहानगरपालिका-२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।

त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ।

स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको बास्तोलाले बताए।

‘उक्त पोखरीमा तीन-चार वर्षदेखि नै समस्या आइरहेको थियो, छठको बेलामा सामान्य झडप पनि भएको थियो,’ बास्तोलाले भने।

दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए।

तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको उनले बताए।

‘झडपमा केही प्रहरी घाइते छन्, स्थिति पूरै नियन्त्रणमा आएको छैन, प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!