ट्रक र बस ठोकिँदा

मकवानपुर । ट्रक र बस एक ठोकिँदा दुईजनाको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना ७ ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसमा सवार दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए । (रासस) 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!