जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेका छन् ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत पार्टीका १० जना भन्दा बढी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जनकपुरधाममा जथाभावी तरिकाले सडक खनेको महिनौं बितिसक्दा पनि निर्माण अगाडि नबढाएको भन्दै जनमत पार्टीका कार्यकर्ताले पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।

खनिएको खाल्डो त्यसै छाडिएको छ भने निर्माण अघि नबढाएको विषयमा उपमहानगरपालिका र खानेपानी तथा ढल निकास कार्यालयले एक अर्कालाई दोष दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!