सिरहा  । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा प्रेममा परेर मन्दिरमा विवाह गरेका युवकले अर्को विहे गर्नका लागि पहिलो श्रीमतीको हत्या गरेका छन् ।
प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ७ का २३ वर्षीय अमर राउतलाई २२ वर्षीया श्रीमती पुजा सिंह भन्ने पुजा कुमारी पोदारको हत्या गरेको आरोपमा पक्राउ गरेका छन् ।

गत मंगलवार कर्जन्हा नगरपालिका वडा नं. ७ स्थित कमला नदि किनारको बाँस घारीमा काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका वडा नं. २० जैशिदेवलकी २२ वर्षीया पुजाको शव फेला परेको थियो । यस घटनाको अनुसन्धानको क्रममा मृतककी श्रीमान अमरलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख अर्जुन प्रसाद तिमिलसिन्हाले पत्रकार सम्मेलनमा बताएकाछन् ।

घटना पृष्ठभूमी 
बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको समय अमर पुजासँग प्रेममा परेका थिए । कानूनको विद्यार्थी रहेकी पुजा ल फर्ममा काम गर्दै आएकी थिईन् । पुजा र अमरको फेसबुकमा चिनजान भई एक वर्षदेखि नियमित सम्पर्कमा रहेका थिए । अमर माघ १३ गते नेपाल फर्केपछि २७ गते काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए । विवाह गरेर दुबैजना काठमाडौं बाफलमा छुट्टै कोठा भाडामा लिई बस्दै आएका थिए ।
विवाह गरेर अमरले आफ्नो घरमा कुराकानी गर्दा घरपरिवारले स्विकार नगरेपछि घरपरिवारलाई मनाउन घर आएका थिए । तर घर आएपछि पूनः नफर्केपछि पुजा फागुन १६ गते अमरलाई खोज्दा खोज्दै सिरहाको बस्तिपुर चोकमा पुगेका थिए ।
सिरहा पुगेकी पुजा श्रीमानलाई आफु आएको जानकारी गराएपछि अमरले आफु बाहिर रहेकोले साँझमा लिन आउने जानकारी गराएका थिए ।

अमरले पुजा आफुलाई खोज्दा खोज्दै आएपछि आफ्नो साथीहरुसँग सल्लाह गरेर हत्याको योजना बनाई बस्तिुपुर चोकमा पुगेर अमरले घर लैजाने बहानामा पुजालाई कमला नदिको किनारमा एकान्त स्थलमा लगि साथीहरुसँग मिलेर घाँटी थिची हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख तिमिलसिन्हाले बताए ।
फेसबुकमा प्रेममा परेर विवाह गरेका युवकले घर परिवारलाई मनाउन आएकोमा अमरकै सहमतीमा असन्तुष्ट परिवारले धनुषाकी युवतीसँग अर्को विवाह तय गरेका थिए । तर पुजा अचानक आएपछि विवाहमा असर पर्ने देखेर अमरले आफ्नो साथीहरुसँग मिलेर पुजाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यस घटनामा अमर पक्राउ परेपनि अन्य संलग्न व्यक्तिाहरु अहिले फरार रहेका छन् । फरारहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै आजै (आइतबार) बिहान सिरहाको बिष्णुपुर गाउँपालिका –१ स्थित दलित बस्तीका बिरेन्द्र महराको छोरा अन्दाजी वर्ष १५ को रमेश कुमार महराको शव मृत अवस्थामा फेला परेको हो ।
बिष्णुपुर बजार स्थित एक घरको पछाडि खेतमा बिहान ६ बजे तिर स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाउने बितिकै घटना स्थलमा प्रहरीहरु पुगेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र मृतकको शव पोस्मार्टमको लागि जिल्ला अस्पताल सिरहा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता डिएपी सुवाष बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय