काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन नहुने भएको छ । अनुपम फुडल्याण्डमा जारी बैठकले अध्यक्षबाहेक बाँकी रहेका पदाधिकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने भएको हो ।

माओवादीले जारी केन्द्रीय कमिटी बैठकबाट बाँकी रहेका पदाधिकारी चयन गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगन गर्नुपरेको केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले जानकारी दिए । “पदाधिकारी चयन नगरी चुनावमा जाने भन्ने सहमति भयो,” उनले भने ।

माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।  निवर्तमान स्थायी कमिटी सदस्य गणेश शाहले पनि जारी बैठकबाट पदाधिकारी चयन नगरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय