एमसीसीनेकपा एमालेनेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ ।

पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि दुबै दलका नेताहरुबीच छलफल हुने छ । समय भने तय भएको छैन ।

‘हिजो छलफल भएको छ, कुराहरु मिलसकेको छैन । आज साँझ फेरि छलफल हुन्छ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न सत्तारुढ गठबन्धनबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् । त्यसक्रममा बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय