नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरिएको पौडेलले बताए । विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरेकाले त्यसको विरोधमा नेकपा एसले विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय