ADVERTISEMENT
प्रदेशप्रदेश नं २राजनीति
Trending

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

ADVERTISEMENT
ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

ADVERTISEMENT

तत्कालीन संविधानसभा सदस्य उनी नेकपा विभाजित भएपछि २०७८ वैशाख २२ गतेदेखि जिल्ला कमिटीका अध्यक्ष बनेका थिए । नवनिर्वाचित कमिटीका उपाध्यक्षमा अब्दुल मजिद साकिर, सचिवमा देवनाथ यादव, उपसचिवमा अखिलेश झा र कुसुम आचार्य चयन भएका छन् ।

यसैगरी सदस्यमा बृजनारायण साह, युक्ति मरिक, बिन्दी मोची, वीरबहादुर मर्र्साङ्दी मगर, देवनारायण श्रेष्ठ, बद्रीनारायण चौधरी, चन्द्रमान विक, चौठीलाल खंग, लक्ष्मी मण्डल, शोभानन्द राय, डम्बरप्रसाद महतो, सलिम राइन, महेन्द्रनारायण पासवान, दुर्गानन्द ठाकुर, विल्टु दास, अयुव राइन, प्रदीप मण्डल, उत्तम आचार्य, शिवनारायण साह, रामलगन सरदार, महेन्द्र विराजी, बिन्दु सदा, देवनारायण मरिक, पञ्चदेव खंग, इनरवती यादव, हरिशङ्कर इशर, डम्बर राई, राजेन्द्र सेन्चुरी, सन्तमान तामाङ, समु खातुन, ललितनारायण रजकलगायत रहेका छन् ।

यसैगरी सल्लाहकारमा शङ्कर देव, मन्जु साह, भोला राउत, कुन्जीलाल चौधरी, मो युनिस, चित्रकला मगर, रामवृक्ष महतो, भुवन केसी, शत्रुघनप्रसाद यादव, मागैन मण्डललगायत २३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । नवनिर्वाचित कमिटीलाई एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथग्रहण गराए । नवनिर्वाचित अध्यक्ष चौधरीले देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाए ।

मोरङ जिल्ला अध्यक्षमा पोखरेल

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेको शनिबार राति सम्पन्न दुई दिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित भएका छन् । यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!