
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले टिमबाटै धोका भएकाले आफूले महामन्त्रीमा चुनाव हारेको बताएका छन् । अपेक्षा अनुसार मत नआएको उनले बताए ।
“अवेक्षा अनुसार मत आएन । तर, स्वीकार गर्नुपर्छ । जुन हैसियत छ, त्यो हैसियत अनुसारको भूमिका निर्वाह गरिरहनेछु। देश र जनतालाई केन्द्रमा राखेर आफ्नो भूमिका निभाउनेछु,” उनले भने, “
मैले जति मत पाएको छु त्यो मलाइ माया गर्नेहरूले हालेको भोट हो । यश अर्थमा म उत्साहित छु। अझ काम गर्नु आवश्यक छ भन्ने सन्देश पनि हो यो मत । अब म थप उत्साहसहित भएर काममा लाग्ने छु।”
समूहकै आधारमा चुनावमा गएको तर प्रतिबद्धता अन्तिम समयसम्म रहन नसकेको उनको गुनासो छ । यद्यपि, आफू कसैलाई दोषारोपण नजर्ने उनले बताए ।
“महामन्त्रीको तहमा मात्र त्यस्तो भएको छ। यसको समीक्षा हुनेनै छ। मलाई मात्र होइन धेरैलाई अनपेक्षित लागेको छ। म काम गर्ने मान्छे हो, काम जारी राख्छु,” डा. महतले भने, “आज अविश्वास भएका साथीको विश्वास आर्जन हुनेगरी काम गर्नेछु ।”