नेपाली कांग्रेस

जनकपुरधाम— नेपाली कांग्रेसको अधिवेशन गराउन सर्लाहीमा खटाइएका तेस्रो निर्वाचन अधिकृत पनि काठमाण्डौं फर्किएका छन्।

पार्टीकै दुई समूहबीच पटक-पटक भएको विवाद र झडपपछि मुस्किलले वडा अधिवेशन गराएका निर्वाचन अधिकृत भरत राउत बाँकी अधिवेशन गराउन नसक्ने भन्दै बिहीबार काठमाण्डौं फर्किएका हुन्।

दुई पक्षबीचको विवादले वडा अधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि दुई जना निर्वाचन अधिकृत सर्लाहीबाट फिर्ता भएका थिए। निर्वाचन अधिकृत फर्किएपछि शुक्रबारका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा अधिवेशन अन्योलमा परेको छ। भोलिको अधिवेशन गराउन बिहीबार साँझसम्म नयाँ निर्वाचन अधिकृत खटाइएको छैन।

निर्वाचन अधिकृत काठमाडौं फर्किएपछि दुवै पक्षका सचिव नवीन अधिकारी र उपेन्द्र कुशवाहालाई राखेर लालबन्दीस्थित पार्टी सचिवालयलाई प्रहरीले सिल गरेको छ। सर्लाहीमा संस्थापन पक्ष जिल्ला सभापति नागेन्द्र कुमार यादव र  संस्थापनइतर पक्ष पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच क्रियाशील सदस्यतालाई लिएर विवाद छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय