महाधिवेशनराप्रपा महाधिवेशनराष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।

बुधबार सुरु भएको महाधिवेशनमा बिहीबार विहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यतालिका भए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन ।

निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार महाधिवेशनको निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नामावली टुंग्याउने काम भइरहेको छ । अहिले निर्वाचन समिति, पार्टीको केन्द्रीय सचिवालय र अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहका नेताहरु मतदाता नामावली टुंग्याउन छलफलमा जुटेका छन् । बिहीबार साँझ वा शुक्रबार विहानसम्म मतदाता नामावली टुंगो लाग्ने निर्वाचन समितिका संयोजक थापाले बताए ।

अध्यक्ष कमल थापा पक्षले फर्जी प्रतिनिधि थप गरेको भन्दै नेता राजेन्द्र लिङ्देन समूहले प्रश्न उठाएपछि छानबिन हुन लागेको हो । मतदाताको अन्तिम नामावली नटुंगिएका कारण उम्मेदवारी दर्ता लगायतका कार्यक्रम पनि रोकिएको छ । यो महाधिवेशनमा राप्रपाको अध्यक्षमा हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!